१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने तयारीमा लोसपा

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार ००:५१ मा प्रकाशित

काठमाडौं। आफ्ना विभिन्न माग पुरा गराउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

आइतबार बसेको कार्यकारिणी समितिको बैठकले मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ ।

नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य एकवाल अहमदल जानकारी गराए । बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनदेखि लोसपा केन्द्रीय समितिको बैठक चलिरहेको थियो । बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, आगामी चुनावका लागि रणनीति तथा संगठन निर्माणको विषयमा केन्द्रित रहेर छलफल गरेको छ ।

लोसपा नयाँ पार्टी भएको, पूर्णरुपमा संगठन निर्माण हुन नसकेको कारण स्थानीय चुनावमा सोचे जस्तो नतिजा ल्याउन नसकेको निष्कर्ष लोसपाले निकालेको छ । पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावमा सत्ताको दुरुपयोग गरेर लोसपालाई ठाउँ ठाउँमा कमजोर बनाउने प्रयास गरेको पार्टीले निष्कर्ष निकालेको कार्यकारिणी सदस्य अहमदले बताए । पाँच दलको गठबन्धन नभएको भए लोसपाले पनि राम्रै नतिजा ल्याउथ्यो तर गठबन्धनका कारण सोचे जस्तो नतिजा नल्याएको तर निराश हुने अवस्था पनि नरहेको लोसपाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x