१८ आश्विन २०८३, आईतवार

यू-१९ विश्वकप छनोट : नेपालले आज थाईल्याण्डसँग खेल्दै

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार ०२:०५ मा प्रकाशित

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।

नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।

थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x