१४ मंसिर २०८३, आईतवार

४ करोड रुपैयाँसहित नागढुंगाबाट चार चिनियाँ पक्राउ

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार १६:२३ मा प्रकाशित

काठमाडौं। झण्डै ४ करोड नेपाली रूपैयाँसहित चार चिनियाँ र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारबाट उक्त रकम प्रहरीले बरामद गरेको हो ।

कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपाली नागरिक भने नुवाकोटको विदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन्। उनी कार चालक हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x