१४ मंसिर २०८३, आईतवार

यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीगर्ने माङ

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार १८:५४ मा प्रकाशित

बर्दियाको ओराली बजार घटनाको यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गरियोस् । समुदायलाई बन्यजन्तुबाट सुरक्षाको प्रत्याभुति गरियोस् । मृतकका परिवारलाई क्षतीपूर्ति, घाईतेहरुलाई उपचारको ब्यवस्था होस् । घटना नदोहोरियोस् । मृतक नविना चौधरी प्रति हार्दिक श्रद्धाञ्जली । घाईतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारको उच्चस्तरिय टोली र समुदायविच अविलम्व वार्ता गरी दीगो समस्या समाधान गर्न आग्रह गर्दछु। थारु कल्याण कार्यकारिणी सभाले यथा शिघ्र दोसि माथि कार्यवाही गर्न अनुरोध गर्दै सभाका अध्यक्ष बिनोद थारुले कार्यवाही न गरेमा कडा सङ्हर्स गर्ने चेतावनी समेत दिएका छ्न । यसैबीच उके घटनाको थप समाचार बुझ्न जरुरी भएकोले  बर्दियाको मधुवन नगरपालिकामा प्रर्दशनकारी र प्रहरीविच झडप हुदा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवनमा बाघको आतंकले बारम्बार स्थानियलाई घाइते बनाउँदा सोमवार स्थानिय आक्रोशित भएका थिए । आक्रोशित स्थानियलाई नियन्त्रण गर्न खोज्दा प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीको गोलीबाट एक जना स्थानियको मृत्यु भएको छ ।
बर्दियामा बाघको आतंक बढेपछि सुरक्षाको माग गर्दै स्थानीयहरु प्रर्दशनमा उत्रिएका हुन सुरक्षाको माग गर्दै बिरोधमा उत्रिएका मध्य १ जनाको मृत्यु भएको स्थानियले बताएका छन् । बर्दियाको मधुवनमा स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय १ महिलाको मृत्यु भएको हो । प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको छ भने स्थानीय घाइते भएका छन । बाघको आक्रमण बढेपछि मधुवन–२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको थियो । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड अबरुद्ध भएको थियो । अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ । थप जानकारी आउन बाँकी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x