१४ मंसिर २०८३, आईतवार

अख्तियारले गर्याे एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन

एसीपी संवाददाता

२५ जेष्ठ २०७९, बुधबार ०२:०९ मा प्रकाशित

काठमाडौं। एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा निलम्बनमा परेका छन्।

अख्तियारले मंगलबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो ।

अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x