१४ मंसिर २०८३, आईतवार

माओबादीले शुरु गर्यो गृशकार्यः पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लाग्ने

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार ००:३५ मा प्रकाशित

काठमाण्डौ । नेकपा माओबादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गृह कार्य शुरु भएको छ । पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका हुन् । माओबादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको थियो । स्थानीय तहका प्रमुखरउपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ । माओबादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ ।

अन्य पदमा खासै विवाद नभएपनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् । अरु नेताहरुले महासचिवमा दाबी गरेपनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था भएको शान्त देखिएका छन् । ‘महासचिवमा जनार्दन जी र वर्षमानजी मुख्य दावेदारको रुपमा हुनुहुन्छ । उहाँहरुलाई मिलेर आउनुस् जो भएपनि पार्टीकै महासचिव हुन्छ भनेकै छौ’ एक पूर्व स्थायी समिति सदस्यले भने, ‘तर, उहाँ (जनार्दन र वर्षमान) अहिले मिलेर आउन सक्नु भएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x