१४ मंसिर २०८३, आईतवार

फोहोर व्यवस्थापनमा लफडा भएपछि प्रधानमन्त्रीले लिए अग्रसरता, बालेनसँग भयो यस्तो सहमति

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार ००:५१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्यामा पहलकदमी लिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापन गर्दा बन्चरेडाँडा भएको व्यवधान र समाधानबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयकाअनुसार देउवाले फोहोर व्यवस्थापनका लागि सरकार सबैखाले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै अगाडि बढ्न मेयर शाहलाई आग्रह गरेका छन् । उनले बन्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरुसँग छलफल गरेर दीर्घकालीन समाधान खोज्न पनि मेयर शाहलाई सुझाएका छन् ।

मेयर शाहले फोहोर व्यवस्थापनका लागि पहल गरे पनि बन्चरेडाँडाका स्थानीयको अवरोधका कारण बिसर्जन हुन सकेको छैन । उल्टै तनाव भएको थियो । फोहोर बोकेको सयौं ट्रक बन्चरेडाँडा पुगे पनि स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । दिनभरि तनावग्रस्त बनेपछि फोहोर बोकेको गाडी फर्किन बाध्य भएको थियो । यता काठमाडौंमै फोहोर थुप्रिरहेको छ । यस्तोमा प्रधानमन्त्री देउवाले मेयर शाहलाई बोलाएर पहलकदमी लिएका हुन् । उनले संघ सरकारले पूर्ण सघाउने भन्दै सहमति पनि जनाएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x