१४ मंसिर २०८३, आईतवार

अमेरिकाकाे टिप्पणीपछि तनावमा चीन ,ताइवान छुट्टिने डर

एसीपी संवाददाता

३० जेष्ठ २०७९, सोमबार ०२:१९ मा प्रकाशित

एजेन्सी –  चीनले ताइवानको स्वतन्त्रता रोक्नको लागि अन्तसम्म लड्ने वाचा गरेको छ । ताइवानको विषयमा अमेरिकासँगको बढ्दो तनावकाबीच चीनले ताइवानमा विदेशी हस्तक्षेप असफल हुने निश्चित भएको टिप्पणी गरेको छ ।

यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने हिम्मत गर्छ भने, हामी सबै मूल्यमा लड्नेछौं र हामी अन्तिमसम्म लड्नेछौं। यो चीनको लागि एक मात्र विकल्प हो,’ चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले आइतबार साङ्ग्रिला संवाद सुरक्षा शिखर सम्मेलनमा बोल्दै भनेका छन् ।

शनिबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको टिप्पणीमाथि प्रतिक्रिया दिँदै वेइले भनेका छन्, ‘कसैले पनि आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सशस्त्र सेनाको संकल्प र क्षमतालाई कम आँकलन गर्नु हुँदैन ।’

उनले वाशिंगटनलाई घुमाउरो शैलीमा भनेका छन्, ‘केही देशले आन्तरिक मामिलामा हस्तक्षेप गर्न चीनविरुद्ध ताइवान कार्ड खेलिरहेको छ ।’ उनलेअघि भने ‘चीनको पुनः एकीकरणको बाटो कसैले रोक्न सक्दैन ।’

चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एसियाली सुरक्षा सम्मेलनको अवसरमा सिङ्गापुरमा भेटेका थिए।
त्यस क्रममा ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेइले व्यक्त गरेका थिए ।

त्यसको भोलिपल्ट अर्थात् आइतबार चिनियाँ विदेशमन्त्रीले ताइवानमाथिको थप बलियो टिप्पणी गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x