१४ मंसिर २०८३, आईतवार

अफगानिस्तानको कोइला खानीका ५ कामदारलाई गोली हानी हत्या

एसीपी संवाददाता

३१ जेष्ठ २०७९, मंगलवार ०२:२७ मा प्रकाशित

काबुल । अफगानिस्तानमा चीनले कोइला खानी सञ्‍चालन गर्ने भन्‍ने हल्लाकाबीच कोइलाखानीमा हिंसात्मक घटनाहरु भइरहेका छन्। उत्तरी सामंगन प्रान्तका स्थानीय अधिकारीहरूले अज्ञात बन्दुकधारीहरूले प्रान्तको एक कोइला खानीका पाँच कामदारको गोली हानी हत्या गरेको पुष्टि गरेका छन्।

राज्य-सञ्‍चालित बख्तर समाचार एजेन्सीले स्थानीय तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै बाल्ख प्रान्तको सिमानामा रहेको प्रान्तको दारा-ए-सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा उक्त घटना भएको जनाएको छ।

बख्तर समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई सुरुमा लुटपाट गरिएको र त्यसपछि गोली हानिएको थियो। घटनाका पीडितहरू सबै जिल्लाका मूल निवासी हजारा रहेको बताइएको छ।

अहिलेसम्म कुनै पनि समूहले हत्याको जिम्मेवारी लिएको छैन। अफगानिस्तानमा हालैका घटनाहरू जसले दशौं सर्वसाधारणको हत्याको परिणामस्वरूप देशलाई सुरक्षित गर्ने तालिवानको क्षमतालाई ओझेलमा पारेको छ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि एकातिर मानवीय र आर्थिक संकट बढ्दै गएको छ भने अर्कोतर्फ विभिन्‍न अपराधिक घटनाहरुमा वृद्धि भइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x