१४ मंसिर २०८३, आईतवार

रुस र युक्रेनको युद्व उत्कर्समा

एसीपी संवाददाता

३१ जेष्ठ २०७९, मंगलवार ०४:११ मा प्रकाशित

रुस र युक्रेनबीचको युद्ध चरम उत्कर्षमा पुगेको छ ।

रुसी सेनाले पछिल्लो समय युक्रेनको सेभेरोडोनेत्स्कका सबै पुलहरु ध्वस्त बनाएको छ । जसका कारण सो शहरमा फसेका हजारौं सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन असम्भव भएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्र कब्जा गर्ने उद्देश्यका साथ रुसी सेनाले हप्तौंदेखि प्रयास जारी राख्दै आएको छ ।

सेभेरोडोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारणको उद्धार असम्भव भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । रुसी सेनाले सेभेरोडोनेत्स्क र नजिकैको शहर लिसिचान्स्क लगभग आफ्नो कब्जामा आएको दावी गरेको छ । साेही शहरहरु रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले ती शहरमा हालै भइरहेको युद्धलाई देशकै डरलाग्दो क्षणको संज्ञा दिनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x