१४ मंसिर २०८३, आईतवार

सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री देउवाले उत्कृष्ट काम गरेको भन्दै शशांकले गरे प्रशंसा

एसीपी संवाददाता

१ असार २०७९, बुधबार ०४:१६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।

देउवाले पार्टी र सरकार सञ्चालनमा सन्तुलन मिलाएको र दुबैमा उनको भूमिका सन्तोषजनक रहेको शशांकको भनाइ छ ।

प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णय सन्तोषजनक रहेकाले आफूहरूको कुनै विरोध नभएको उनले स्पष्ट पारे ।

पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिइरहेको उनले सञ्चारकर्मीलाई बताए । त्यसैकारण देउवासँग असहमति राख्ने ठाउँ नभएको उनको भनाइ छ ।

पार्टीका पदाधिकारीहरूलाई पद अनुसारको भूमिका दिएको, निर्णय गर्दा सबैसँग सल्लाह गरेको, पदाधिकारीहरू सबैले आ–आफ्नो भूमिका पाइरहेको भन्दै शशांकले सभापतिले सन्तुलन मिलाएकोमा खुसी व्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x