१४ मंसिर २०८३, आईतवार

सिमा सुरक्षा र व्यवस्थापन सम्बन्धि बैठकका लागि नेपाली टोली दिल्ली प्रस्थान

एसीपी संवाददाता

१ असार २०७९, बुधबार ०५:०० मा प्रकाशित

काठमाडौँ — नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लूजी) बैठकमा भाग लिन नेपाली टोली नयाँ दिल्ली प्रस्थान गरेको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाली टोली मंगलबार बिहान दिल्ली प्रस्थान गरेको हो । १२ औं बैठक बुधबार र बिहीबार (जुन १५–१६, २०२२) मा भारतको राजधानी नयाँ दिल्लीमा बस्दै छ ।

जेडब्लूजी बैठक हरेक वर्ष दुवै देशले आलोपालो आयोजना गर्ने चलन छ । यसअघि ११ औं बैठक नेपालमा बसेको थियो ।दिल्लीमा हुन लागेको १२ औं बैठकमा नेपाली टोलीका रुपमा गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख पोखरेल संयोजकसहित परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट तीन जना सहसचिव, अध्यागमन विभागका महानिर्देशक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, गृह मन्त्रालयका स्थानीय प्रशासन र सीमा तथा अध्यागमन शाखाका दुई उपसचिव सहभागी हुनेछन् ।
त्यस्तै भारतस्थित नेपाली राजदूतावासका काउन्सिलर, गृह मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा र परराष्ट्र मन्त्रालयका दुई शाखा अधिकृतसहित १३ जनाले भाग लिनेछन् । भारतीय पक्षबाट पनि गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली बैठकमा भाग लिनेछ । सरकारले सीमा व्यवस्थापन बैठकमा राखिने एजेन्डा सार्वजनिक गरेको छैन ।

तर, स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रका स्तम्भ, सीमा सुरक्षाको अवस्था, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, तेस्रो देशका नागरिक एकअर्का देशमा घुसपैठ गरेर हुनसक्ने आवतजावत, आतंकवाद अपराध रोकथाम तथा नियन्त्रणका लागि सूचना आदानप्रदानलगायत विषय बैठकका एजेन्डा छन् । दुई देशबीच सीमा मामिला र त्यसबाट निम्तिएका समस्या भने बग्रेल्ती छन् । तर, सहसचिवस्तरीय समितिलाई सबै समस्यामाथि समन्वय र छलफल गर्ने कार्यादेश छैन ।

सीमा मामिलामा दुई देशबीच परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, उर्जा जलस्रोत तथा सिञ्चाई सचिव, गृह र नापी विभागका सहसचिव, सशस्त्र प्रहरी र भारतीय एसएसबीका प्रमुखलगायत तहमा हुने थुप्रै संयन्त्र छन् । यसबाहेक प्रमुख जिल्ला अधिकारी र सशस्त्रका स्थानीय कमान्डरमार्फत् सीमा समन्वय र सीमा सुरक्षाका स्थानीय संयन्त्र पनि छन् । तर, यी संयन्त्रका नियमित बैठक नहुँदा समस्या समाधानमा ठोस प्रगति भएको छैन ।

तैपनि सीमा समस्यासँग जोडिएका धेरैभन्दा धेरै विषय समेटेर बैठकमा औपचारिक–अनौपचारिक कुराकानी हुने बैठकका लागि दिल्ली प्रस्थान गरेको एक नेपाली अधिकारीले बताए । ‘मुख्यगरी सीमा सुरक्षा, सीमा व्यवस्थापन र सीमापार अपराध रोकथाम–नियन्त्रण एवं सीमाबाट हुने घुसपैठलाई केन्द्रमा राखेर बैठकमा छलफल हुन्छ तर हाम्रासामु समस्याका चाङ धेरै छन्, त्यसलाई औपचारिकतामा राख्न नमिल्ने अवस्थामा अनौपचारिक रुपमा भए पनि उठ्छन्, मुख्यगरी वर्षायाममा बस्न लागेको बैठकमा सीमा क्षेत्रको डुबान–कटान र त्यसबाट दुवै देशलाई पर्ने असरमा विषयमा हामी कुन रुपमा हुन्छ, विषयको उठान त गर्छौं नै ।’

बैठकमा कानुन मन्त्रालयका सहसचिव समेतलाई सहभागी गराइएका कारण दुई देशबीच सुपुर्दगीसम्बन्धी एजेन्डामा पनि ठोस छलफल हुनसक्ने गृह मन्त्रालय स्रोत बताउँछ । दिल्ली प्रस्थान गर्नुअघि टोली संयोजक पोखरेलले बैठकमा पेस भएका र उठान गरिएका विषयमा फर्किएपछि जानकारी गराइने बताए ।

तैपनि सीमा समस्यासँग जोडिएका धेरैभन्दा धेरै विषय समेटेर बैठकमा औपचारिक–अनौपचारिक कुराकानी हुने बैठकका लागि दिल्ली प्रस्थान गरेको एक नेपाली अधिकारीले बताए । ‘मुख्यगरी सीमा सुरक्षा, सीमा व्यवस्थापन र सीमापार अपराध रोकथाम–नियन्त्रण एवं सीमाबाट हुने घुसपैठलाई केन्द्रमा राखेर बैठकमा छलफल हुन्छ तर हाम्रासामु समस्याका चाङ धेरै छन्, त्यसलाई औपचारिकतामा राख्न नमिल्ने अवस्थामा अनौपचारिक रुपमा भए पनि उठ्छन्, मुख्यगरी वर्षायाममा बस्न लागेको बैठकमा सीमा क्षेत्रको डुबान–कटान र त्यसबाट दुवै देशलाई पर्ने असरमा विषयमा हामी कुन रुपमा हुन्छ, विषयको उठान त गर्छौं नै ।’

बैठकमा कानुन मन्त्रालयका सहसचिव समेतलाई सहभागी गराइएका कारण दुई देशबीच सुपुर्दगीसम्बन्धी एजेन्डामा पनि ठोस छलफल हुनसक्ने गृह मन्त्रालय स्रोत बताउँछ । दिल्ली प्रस्थान गर्नुअघि टोली संयोजक पोखरेलले बैठकमा पेस भएका र उठान गरिएका विषयमा फर्किएपछि जानकारी गराइने बताए ।

नेपाल–भारत खुला सीमाका कारण व्यवस्थापन र सीमापार अपराध रोकथाम र नियन्त्रण चुनौतीपूर्ण छ । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम रहेकोमा पूर्वी सीमा करिब २ सय ३५.२ किमी, दक्षिणी सीमा करिब १ हजार ३ सय ७०.२४ किमी र पश्चिमी सिमाना करिब २ सय ७० किमी रहेको बताइन्छ । दुई देशका नागरिक बिनारोकटोक आवतजावत गर्न सक्ने भए पनि खुला सीमाको कारण आतंकवादी गतिविधिमा संलग्न गिरोहका सदस्य सहजै आवतजावत गर्ने गरेका विगतका थुप्रै तथ्य र प्रमाण छन् । जसबाट एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हातहतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागूऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायतका दुवै देशका साझा समस्या हुन् ।

त्यसबाहेक भारतीय पक्षबाट सीमा क्षेत्रमा निर्माण गरिएका अनधिकृत भौतिक संरचनाले प्राकृतिक बहावअनुसार पानी बग्न नपाउँदा वर्षायाममा सीमा क्षेत्रका नेपाली बाढी र डुबानको चपेटामा पर्छन् । त्यतिमात्र होइन, सीमा क्षेत्रमा सहमतिबेगर भारतीय पक्षले बनाएका अनधिकृत भौतिक संरचना पनि नेपालका लागि समस्या बन्ने गरेको छ । अर्कातर्फ सीमा सुरक्षा व्यवस्थापनमा पनि उत्तिकै चुनौती थपिएको छ ।

सीमा सुरक्षार्थ सशस्त्र प्रहरीले भारततर्फ २ सय २१ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी)मार्फत सुरक्षा तैनाथी गर्ने गरे पनि साधनस्रोत र जनशक्तिको सीमितताका कारण प्रभावकारीरुपमा जनशक्ति तैनाथी हुन सकेको छैन । भारतले नेपाल तर्फको सीमा सुरक्षार्थ ५ सय ३० स्थानमा सशस्त्र सीमा बल (एसएसवी)का जनशक्तिलाई तैनाथ गराउँदै आएको छ । सीमा क्षेत्रबाट भारतले एसएसबीलाई अधिकार र साधनस्रोत सम्पन्न बनाएर खटाउँदै आए पनि नेपालतर्फ सीमा सुरक्षा, सीमा व्यवस्थापन लगायतमा एकीकृत संरचना र समन्वय अभाव खड्किएको छ । सरकारले आब २०७९/८० भित्र सीमा सुरक्षा ऐन र सीमा नीति ल्याउने बताए पनि अन्तरसरकारी निकायबीच समन्वय अभावमा ऐन र नीति आउनेमै सरकारी अधिकारी विश्वस्त देखिँदैनन् ।

त्यस्तै सीमा व्यवस्थापनको अर्को महत्वपूर्ण चुनौती ‘क्रस बोर्डर अकुपेसन’ पनि हो । नेपालका सीमावर्ती १५ जिल्लाका ६ सय ६८ स्थानमा भारतीय नागरिकले भोगचलन गर्दै आएका छन् । त्यस्तै नेपाली नागरिक सीमावर्ती भारतीय भूभागका २ सय ७४ स्थानमा खेतीपाती गर्छन् । ‘क्रस बोर्डर अकुपेसन’ अन्त्य गरेर सम्बन्धित देशले आ-आफ्ना नागरिकलाई व्यवस्थापन गर्नुपर्नेमा दुवै देश सहमत भए पनि यो कार्यान्वयन तहमा जान पाएको छैन । सीमा सुरक्षा र व्यवस्थापनमा क्रस बोर्डर अकुपेसन पनि समस्याका रुपमा देखिएको छ ।

भारतसँग सीमा कायम गर्ने ८ हजार ५ सय ५३ वटा स्तम्भ रहे पनि सबैको दुरुस्त अवस्था राखिएको छैन । सीमा स्तम्भमध्ये ठूला स्तम्भ ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना सीमास्तम्भ ५ हजार १ सय ५६ वटा छन् । पछिल्लो आँकडाअनुसार २ हजार २ सय बढी स्तम्भ अझै हराइरहेका छन् । स्तम्भ हराएका ठाउँमा भारतीय पक्षबाट सीमा अतिक्रमणका घटना बर्सेनि दोहोरिने गरेका छन् ।

२ वर्षअघि सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको संयोजकत्वमा नेपाल–भारत सीमा निरीक्षण समिति गठन गरे पनि समितिको प्रतिवेदनमा सुझाइएका विषय कार्यान्वयन हुन सकेको छैन । समितिले औंल्याएका समस्या समाधान गर्न आन्तरिकरुपमा र भारतसँग कुरा गरेर समाधान गरिने विषय अझै अघि बढेको छैन । २०७७ साउन १९ को मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन निर्णय गरे पनि कोभिड समस्यालाई देखाएर रोकिएको प्रतिवेदन कार्यान्वयनको पाटो उस्तै छ ।

नेपाल र भारतबीच सानाठूला गरी करिब ६० वटा नदी/खोला तथा खोल्सीले सिमानाको काम गरेका छन् । जसबाट ६ सय ४० किमि लम्बाईमा नदीको सीमना कायम छ । त्यसमध्ये पूर्वमा मेची नदीले ८० किलोमिटर र पश्चिममा महाकाली नदीले २०० किलोमिटर, नारायणी नदीले २० किलोमिटर, राप्ती नदीले ६ किलोमिटर र अरु बाँकीले २ सय ५९ किलोमिटर बढीमा सीमा छुट्याएको छ । यी क्षेत्रमा अनधिकृत संरचना बनाउनेदेखि पानीको बहावलाई छेक्नेसम्मका गतिविधिमा भारतीय पक्षको संलग्नता देखिँदै आएको छ ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी गरी २५ वटा जिल्ला भारतसँग मात्रै जोडिएका छन् । ताप्लेजुङ र दार्चुला नेपालका त्रिदेशीय सीमा जोड्ने जिल्ला हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x