उनले यसको सुरुवात कोइरालाको सरकारले गरेको भएपनि पत्र पठाउने स्वीकृत नदिएको र यसका लागि पहल समेत नगरेको बताए ।गौतमले सरकार परिवर्तन भएको एकमहिना नकट्दै तत्कालिन प्रधानमन्त्री ओली यसलाई अघि बढाउन अनुमति दिएपछि सेनाले पत्राचार गरेको दावी गरे ।
उनले अध्यक्ष ओलीलाई सत्य बताएर विवाद नबढाउन सुझाव दिए । सही कुरा गर्दा ओलीको कुनै पनि विगार नहुने भन्दै संसदमा आएर स्वीकार गर्न आग्रह गरे । वर्तमान कांग्रेस नेतृत्वको सरकारले यसलाई अघि नबढाउने कुरा आएपनि यस विषयमा भएको कुरा संसदमा आएर जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिनुपर्ने उनको भनाई छ ।


