१४ मंसिर २०८३, आईतवार

नन्दप्रसाद-जानकी शिवाकोटी स्मृति पुरस्कार घोषणा, यसपालि पत्रकार गौतम पुरस्कृत हुने

एसीपी संवाददाता

५ असार २०७९, आईतवार ०२:४३ मा प्रकाशित

  1. दोलखा । नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कार पत्रकार शम्भु गौतमले पाउने भएका छन् ।

नन्दप्रसाद जानकी शिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस वर्ष पुरस्कृत हुने निर्णयबारे जानकारी दिएका हुन् ।

दोलखा जिल्लाकै पहिलो विद्यालय क्षमावती माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालिन पूर्व २ नम्बर (दोलखा) का जिल्ला सभापति नन्दप्रसाद शिवाकोटी र उनकी जीवनसंगिनी जानकी शिवाकोटीको स्मृतिमा नन्दप्रसाद जानकी शिवाकोटी स्मृति पुरस्कारको घोषणा गरिएको हो ।

दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलालाई दिइने उक्त पुरस्कार यसपालि पत्रकार शम्भु गौतमले पाउने भएका हुन् ।

यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशिको हुनेछ ।

पुरस्कार नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने पनि प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x