राष्ट्रिय राजनीति नै तरङ्गीत हुनेगरी रेशम चौधरी र सिके राउतबीच महत्वपूर्ण सहमति
काठमाडौँ – राष्ट्रिय राजनीतिनै तरङ्गीत हुनेगरी रेशम चौधरी र डा. सिके राउतबीच महत्वपूर्ण सहमति भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा सहमति भएको हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच गठबन्धन गर्ने विषयमा सहमति भएको छ । असार २ गते काठमाडौंको डिल्लीबजार जेलमा पुगेर राउतले चौधरीसँग भेटघाट गरेको थिए ।
पुराना पार्टीहरूले पटक–पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक–पटक धोखा मात्रै दिएको गुनासो चौधरीले गरेको पनि डा. राउतले सचिवालय पेजमा लेखेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि डा. राउत विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् ।
स्थानी तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ । रेशम चौधरीको प्रतिनिधिसभामा दुई र प्रदेशसभामा ४ सिट निश्चिित जस्तै छ ।
स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले ४ वटा स्थानीय तहमा सान्दार जित निकालेको छ । गठबन्धन गर्दा राम्रो परिणाम आउने दुवैको विश्लेषण छ ।



