१४ मंसिर २०८३, आईतवार
अफगानिस्तानको गुरुद्वारामा दुई शक्तिशाली हमला
काबुल, असार । अफगानिस्तानको राजधानी काबुलमा दुई वटा शक्तिशाली हमला भएको छ ।
शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट गुरुद्वारा नजिकै भएको थियो । काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरूमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ । यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।
Subscribe
Login
0 Comments


