२१ बैशाख २०८३, सोमबार

गृहमन्त्री खाणको मेहनतले पायो सार्थकता, नागरिकता विधेयक अन्तिम चरणमा, माधव नेपाललाई भेटेर के भने?

एसीपी संवाददाता

६ असार २०७९, सोमबार ०५:१५ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए। अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए। भेटमा नागरिकता विधेयक संसदमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको थियो।

नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप भेट भएको र कुराकानी सकारात्मक भएको गृहसचिव पाण्डेले बताए।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ। त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटेका हुन्। गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्।

उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेटिसकेका छन्। सबै नेताहरूसँगका भेट सकारात्मक भएका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । विधेयक अन्तिम चरणमा पुगिसकेको छ ।
अब नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकताको विषयमा सहमति जुट्ने क्रममा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x