१४ मंसिर २०८३, आईतवार
हवाई हड्तालको कार्यक्रम आंशिक रुपमा फिर्ता
काठमाडौँ– वायुसेवा सञ्चालक सङ्घ नेपालले आजदेखि गर्ने भनिएको हवाई हड्तालको कार्यक्रम आंशिक रुपमा फिर्ता भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरी आज (बुधबार) देखि आपत्कालीन तथा नियमित हवाई उडान बन्द गर्ने घोषणा गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट आज बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो ।
राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो ।
वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।
Subscribe
Login
0 Comments


