३ भाद्र २०७९, शुक्रबार

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो : वामदेव गौतम

एसीपी संवाददाता

११ असार २०७९, शनिबार २२:५२ मा प्रकाशित

काठमाडौँ, ११ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको बताएका छन् ।

आज नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए ।

तस्बिर – मोहम्मद शेर बागवान

उनले भने,  “धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने । मैले पनि गल्ती गरेकै हो । मैले पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ, “माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो । ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रश्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ । उहाँहरुले अविश्वासको प्रश्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।”

उनले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x