३ भाद्र २०७९, शुक्रबार

नरैनापुरले ल्यायो ५१ करोडको बजेट, गाउँसभाबाट आजै पारित

एसीपी संवाददाता

१२ असार २०७९, आईतवार ०७:४७ मा प्रकाशित

नरैनापुर (बाँके) । नरैनापुर गाउँपालिकाले ५१ करोड १० लाखको अनुमानित बजेट पारित गरेको छ । आज ११औं गाउँसभामा प्रस्तुत उक्त बजेट सर्वसम्मतिले पारित भएको हो । बजेट अघि आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरिएको थियो  ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँसभामा आगामी आर्थिक वर्षको लागि ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट तथा नीति कार्यक्रमलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखिएको अध्यक्ष शाहले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x