४ असार २०८३, बिहीबार

मन्त्रीपरिषद् पुनर्गठन, एकीकृत समाजबादीका मन्त्री हेरफेर

एसीपी संवाददाता

१३ असार २०७९, सोमबार ०८:३३ मा प्रकाशित

नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोली हुनेछ ।

राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् पुनर्गठन गरेको उल्लेख गरेको छ ।

संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो । तर, लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x