१४ मंसिर २०८३, आईतवार

भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

एसीपी संवाददाता

१७ असार २०७९, शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौँ, असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति भवनमा शितल निवासमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

आज एक समारोहकाबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै  प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा वनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए। राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री शेर बहादुर देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेका थिए। साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x