१८ कार्तिक २०८३, मंगलवार

पूर्वाग्रही ढंगले मलाई स्पष्टीकरण सोधियो:सहसचिव थारु

एसीपी संवाददाता

२० असार २०७९, सोमबार ०७:३४ मा प्रकाशित

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव विनोद थारुले आफूलाई स्पष्टीकरण सोधेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेको जिल्ला अनुशासन समितिले थारुसहित सय बढी स्थानीय तथा जिल्ला नेताहरुलाई स्पष्टीकरण सोध्नेको थियो । आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा थारुले स्थानीय तहको निर्वाचनमा आफूले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दावी गरेका छन्  । आफूलाई जिल्ला कार्यसमितिले क्षेत्र नम्बर ३ मा अनुगमन र प्रचार संयोजक बनाएर पठाएको स्मरण गराउँदै उनले जानकी र बैजनाथमा अध्यक्ष/उपाध्यक्ष तथा खजुरा गाउँपालिकामा गठबन्धनबाट उपाध्यक्ष जितेको बताए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा भनिएको छ–‘निर्वाचनमा इमान्दारीपूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पु¥याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनी गरेको निर्णयप्रति स्तब्ध एवम् दुःखी भएको छु ।’ उनले पार्टीले पूर्वाग्रही ढंगले आफूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ती जनाएका हुन् । पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र नम्बर १ (क) का सभापति लक्ष्मण थारु लगायत उपस्थित थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x