१४ मंसिर २०८३, आईतवार

नागरिकतासम्बन्धी अर्को विधेयक संसदमा लैजाने तयारी

एसीपी संवाददाता

२२ असार २०७९, बुधबार ०२:४७ मा प्रकाशित

काठमाडौँ,  असार । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ ।

सरकारले हाल प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।

स्रोतका अनुसार बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x