१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री देउवा र सिएनआई टोलीबीच भेटवार्ता ​

एसीपी संवाददाता

२४ असार २०७९, शुक्रबार ०४:०५ मा प्रकाशित

काठमाडौँ,  असार । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।

उक्त भेटमा मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा समेत छलफल भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भिर रुपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x