१४ मंसिर २०८३, आईतवार

निर्वाचनमा सबैभन्दा ठूलो दल कांग्रेसले थाल्यो तयार, केन्द्रीय समितिले बनाउनेछ यस्तो रणनीति

एसीपी संवाददाता

२७ असार २०७९, सोमबार ०६:०४ मा प्रकाशित

काठमाडौं । सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भ्रातृ संगठनका विषयमा छलफल हुने भएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो।

केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने बिषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

भ्रातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरि आवश्यक निर्णय हुने उनले बताए।

उनले भ्रातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे। अहिले पार्टी विधि र पद्धतिअनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनले स्पष्ट पारे।

केन्द्रीत समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका बिषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x