देश संविधानले चल्छ, शरिया कानुनले होइन: हिन्दु परिषद
काठमाँडौ । विश्व हिन्दू परिषद (विहिप) भारतका कार्याध्यक्ष आलोक कुमारले शनिवार उदयपुर र अमरावती सहित देशका अन्य हिस्साहरूमा भएको धार्मिक उन्मादको घटनाहरूको कड़ा निन्दा गर्दै देश शरीयत वा जिहादले होइन संविधानले चल्नुपर्ने बताएका छन्।
राजस्थानको उदयपुरमा कन्हैया लाल र महाराष्ट्रको अमरावतीमा फार्मासिस्ट उमेल कोल्हेको कट्टरपन्थीहरूद्वारा हत्याको विरोधमा विहिपले दिल्लीको मण्डी हाउसदेखि जन्तर-मन्तरसम्म संकल्प मार्च निकाल्यो। मार्चमा दिल्लीका अलग-अलग स्थानहरूबाट एक लाखभन्दा धेरै मानिसहरू सामेल भए।
यहाँ स्पष्ट संकेत छ, हिन्दू समुदाय अब जिहादी शक्तिहरूको हमलाहरूको मूक दर्शक रहनेछैन तर कानूनको सीमाभित्र रहेर त्यसको विरोध गर्नेछ। जन्तर-मन्तरमा जनसभालाई सम्बोधित गर्दै विहिपका कार्याध्यक्षले भने, ‘उदयपुर र अमरावती घटनाहरूमा लिप्त दोषीहरूलाई छिटोभन्दा छिटो फांसीको सजाय दिइनुपर्छ’।
पूर्व भाजपा प्रवक्ता नुपूर शर्माको विवादित बयानमा सुप्रिम कोर्टको टिप्पणीमा प्रतिक्रिया दिँदै आलोक कुमारले भने, ‘शीर्ष अदालतले लक्ष्मण रेखा नाघेको छ। नुपूरको बयानमा पहिले सुप्रिम कोर्टले विचार गर्नुपर्छ कि कुनै आपत्तिजनक टिप्पणी गरिएको छ वा छैन’। देशमा सुप्रिम कोर्टले यो पनि निर्धारित गर्नुपर्छ कि अभिव्यक्तिको स्वतन्त्रताको सीमा के हो? विहिप नेताले यस अवधिमा मथुरा र काशीमा हिन्दू मन्दिरहरूको पनि मुद्दा उठाए।
उनले भने, ‘कानूनी लड़ाई लड़िनदैछ र मलाई आशा छ, भगवानसित जुड़ेको मूल स्थान हामीलाई प्राप्त हुनेछ। विश्व हिन्दू परिषदले भारतभरिमा हिन्दू समाजका मानिसहरूले पाइरहेको धमकीहरूको निम्ति हेल्पलाइन नम्बर जारी गरेको छ। यदि कसैलाई धमकी दिँईदैछ भने बजरंग दलका कार्यकर्ता उसको साथ पुलिसमा गएर एफआईआर दर्ता गराउनेछन्। हिन्दू समाजलाई डराउने आवश्यकता छैन’।
वस्तुतः गत महिना राजस्थानको उदयपुर र महाराष्ट्रको अमरावतीमा पूर्व भाजपा प्रवक्ता नुपूर शर्माको समर्थन गरेकोमा समुदाय विशेषद्वारा कन्हैया लाल र उमेश कोल्हेको नृशंस हत्याले मानिसहरूमा रोष छ। यसैले एकजुटता प्रदर्शित गर्न देशका अलग-अलग स्थानहरूमा प्रदर्शन गरिन्दैछ।
प्रदर्शन गरिरहेका मानिसहरूको भनाई छ, भारत धर्मनिरपेक्ष देश हो र यो संविधानले नै चल्नुपर्छ। यहाँ सरिया (इस्लामी कानून) को सम्भावना छैन।


