दक्ष जनशक्ति र प्रविधिको अभाव, मानव वन्य जन्तु द्धन्द्ध व्यवस्थापन गर्न कठीन
बर्दिया । मानव वन्य जन्तु द्धन्द्ध व्यवस्थापनकालागी डिभिजन बन कार्यालय बर्दियामा दक्ष जनशक्तिका साथै प्रविधि र प्राविधिक टोलीको अभाव भएको एक कार्यक्रमका सहभागीहरुले बताए । बिहीबार मानव वन्य जन्तु द्धन्द्ध व्यवस्थापनकालागी सञ्चारकर्मीसंग गरिएको अन्तरकृयामा सहभागीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रमा सहभागी बाँके र बर्दियाका सञ्चारकर्मीहरुले बन, वन्य जन्तु र मानव समाज यी तीनै कुरा एकअर्कासंग परिपुरक भएको हुनाले यी पक्षहरुलाई मिलाएर राख्नकोलागी दक्ष जनशक्तिका साथै प्रविधिक टोलीको व्यवस्थापन गर्न आवश्यक भएको औंल्याएका थिए ।

कार्यक्रममा डिभिजन बन कार्यालयका बन अधिकृत प्रविण विडारीले बर्दियमा बन व्यवस्थापनसंगै वन्य जन्तु र मानव बीचको द्धन्द्ध नियन्त्रण गर्न वन्य जन्तुको बासिस्थानको उचित व्यवस्थापनकालगी आवश्यक पहल, त्यसैगरी वन्य जन्तुको कारण सामुदायका मानिसलाई परेको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको बारेमा सुक्षम रुपमा गरिने अध्ययन अनि उनीहरुको उचित व्यवस्थापनका साथै डिभिजन बन कार्यालयमा प्राविधिक जनशक्ति र प्रविधीको अभावका कुराहरुलाई पनि सञ्चारकर्मीहरुसामू पस्किएका थिए । उनले सञ्चारकर्मीहरुले दिएको सुझावलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
वन्य जन्तुको आक्रमणबाट ज्यान गुमाएकाहरुको विषयमा पत्रकारले वन्य जन्तुको संरक्षण गर्न आवश्यक हुन्छ भन्ने एंगलबाट रिर्पोटिंग गर्दा ‘मान्छेको ज्यान भन्दा ठूूलो वन्य जन्तु हो ?’ भन्दै पत्रकारलाई नै धम्किपुर्ण भाषाहरु प्रयोग गरिने र सञ्चार माध्यमका साथै समाचार संकलनमा खटिने सञ्चारकर्मीले समेत समुदायका मानिसहरुबाट दुव्र्यवहार सहंदै आएको कुरा कार्यक्रमका सहभागीहरुले बताए । यसका साथै समुदायका मानिसहरुले पनि वन्य जन्तुबाट जोगिन सर्तकता अपनाउने र उनीहरुलाई सर्तक बनाउन बन कार्यालयले आवश्यक पहल चाल्नु पर्ने पत्रकारहरुले सुझाब दिएका थिए ।


