४ असार २०८३, बिहीबार

उपेन्द्र यादवलाई बाबुरामको काउण्टर: कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा

एसीपी संवाददाता

३२ असार २०७९, शनिबार ०६:४१ मा प्रकाशित

काठमाडौँ– डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् ।

शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहितका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ,’

यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको थियो । बैठकले केन्द्रीय कार्यकारिणी सदस्यहरू हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोबलाई पनि पदमुक्त गरेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x