भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो ।
भेटपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनकै विषयमा छलफल भएको बताए। नेता भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको उनको भनाइ छ ।


