१४ मंसिर २०८३, आईतवार
ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात
काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको छ ।
उक्त अभियान निरन्तर संचालन गरिने र साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँबसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको हो ।
Subscribe
Login
0 Comments


