चिनियाँहरुको एटिएम ह्याकिङ देखि अबैध कल सेन्टर सम्म संजाल
काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
प्रहरी अधिकारीका अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानूनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ । पुर्ब प्रधानमन्त्री केपि ओलिको कार्यकालमा चिनियाँ नागरिकहरुका लागि भिजिट भिसामा सहज गर्दा , चिनियाँ नागरिकका लागि ब्यापार ब्यवसाय समेत लगानी बढेको अनुमान गरिएको छ । अहिले चिनियाँ नागरिकहरु पर्यटनमा र ठमेलका विभिन्न पसलमा लगानी गरि कालोधन लुकाएर काम गरि रहेका छ्न । नेपालको ठमेल बजार चिनियाँको कब्जामा ; नेपालमा पनि अव ‘चाइना टाउन’ बन्ने खतरा रहेको छ किन कि चिनियाँहरु अबैध कारोबारमा बढी सलग्न हुन आएका हुन । ठमेल बजार चीनियाँको कब्जामा, नेपालीलाई चुनौती विस्थापित हुँदै नेपाली व्यवसायी हरु अहिले पीडित छ्न । पर्यटनहरुको लागि चिनियाँ लगानीले नेपालीहरु सङ पैसा कम भएकोले पसल छोडन बाध्य भएका हुन किन नेपाली ब्यापारी ईमान्दार भएर काम गर्न ब्यापार कम चलेको हो तर चिनियाँहरु पसलको आड अबैध ब्यापर गर्दा पैसा कमाएका छ्न ।
२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।
यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।
ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अहिले नेपाल ह्याकरहरुको ठुलो संजाल रहेको छ । यो भन्दा पहिला पनि साइबर हमलाको सम्बन्धमा ठगी प्रयास गरेको आशंकामा चिनियाँ नागरिक भएकालाई समात्ने प्रयास


