१६ बैशाख २०८३, बुधबार

बोदेबर्साईन नगरपालिकामा दलित जागरण अभियानको बैठक सम्पन्न

एसीपी संवाददाता

१५ श्रावण २०७९, आईतवार ०९:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगरपालिका स्तरीय बैठक सम्पन्न भएको छ ।

शनिबार सप्तरीको दिनाभद्री स्थानमा आयोजित कार्यममा जागरण अभियानका सप्तरी जिल्ला प्रवक्ता तथा बोदेबर्साईन नगरपालिका -२ का निर्वाचित वाडा अध्यक्ष रामप्रसाद रामको अध्यक्षता रहेको थियो भने अतिथिहरुमा जागरणका जिल्ला अध्यक्ष प्रथमलाल राम, खड्कका अध्यक्ष गंगा सदा, सचिव चन्द्रनारायण राम, बद्री सदा, उपेन्द्र पासवान, राजा बिक, राजेश दास लगायत निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकमा दलित समुदायको समस्या, निर्वाचनमा दलित एकरुपताको समस्या, दलित नेतृत्वमा समस्या, आगामी संघ र प्रदेश सभा निर्वाचनको तयारी लगायतका विषयमा छलफल भएको कार्यक्रममा उपस्थिति गंगा सदाले जानकारी दिनुभयो ।

कार्यक्रममा खडक नपा, बलानबिहुल गापा, डाक्नेश्वरी नपा, सुरुंगा नपाका जागरण अभियानका दलित अगुवा अभियन्ताहरुको समेत उपस्थित रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x