१४ मंसिर २०८३, आईतवार

हत्यारालाई कारबाहीको माग

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार ०८:०५ मा प्रकाशित

सप्तरीको खडक नगरपालिका ९ का ५० वर्षीय बौली चौधरीको हत्यारालाई कारबाही माग गरिएको छ ।

दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमण गर्दा गम्भीर घाइते भइ मृत्यु भएका चौधरीको हत्याराको कारवाहीको माग गरिएको छ । छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा चौधरीको आइतबार मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका चौधरीको न्यूरो अस्पताल बिराटनगरमा समेत उपचार गरिएको थियो । तर, त्यहा निको नभइ चिकित्सकले अब घरमै लगेर राख्ने सल्लाह दिएपछि परिवारजनले अन्तिम प्रयास स्वरुप उनलाई दुई दिनअघि मात्र सो अस्पतालमा भर्ना गराएका थिए । मृतकका जेठी छोरी चन्द्ररेखाका अनुसार गत असार २९ गते छिमेकी सुकमरिया देवीले बुबा बौलीसहित भिम राम र जितकुमार रामलाई पूजाको प्रसाद खान घर बोलाएका थिए । प्रसाद हातमा लिएकै बेला अचानक पछाडिबाट आएका सुकमरियादेवीका २५ वर्षीय छोरा उदयकान्तले बुबाको टाउँकोमा निर्ममतापूर्वक लाठी प्रहार गरी भागेको थियो । गम्भीर घाइते भएका बुबालाई तत्कालै स्थानीय देवकान्त चौधरीको उपचार केन्द्रमा र त्यसपछि लहानस्थित एक अस्पतालमा पु¥याउँदा भर्ना लिन नमानेको उनले सुनाइन् । त्यसपछि बिराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको कान्छी छोरी आशाले बताइन् । तर, साउन १० गते सो अस्पतालका चिकित्सकले अब बचाउन नसकिने भन्दै घरमै लैजान सल्लाह दिएका थिए । मृतक चौधरीका दुई छोरी र एक छोरा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x