३ भाद्र २०७९, शुक्रबार

कुलमान भन्छन् – यो वर्ष भारतलाई १६ अर्बभन्दा बढीको बिजुली बेच्छौँ

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार ०८:२७ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रममा उनले गत आर्थिक वर्षमा पाँच अर्बको बिजुली बिक्री गरेको बताए ।
उनले गत वर्ष ५ अर्बको बिजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताएका हुन् । ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ । यो वर्ष करिब १५, १६ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्छौं,’ उनले भने । उनले विद्युत् प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन नसकिने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x