३ भाद्र २०७९, शुक्रबार

जग्गाको माग गर्दै भूमिहीनद्वारा सडकमा प्रदर्शन

एसीपी संवाददाता

१८ श्रावण २०७९, बुधबार ०७:१० मा प्रकाशित

भूमिहीन, दलित सुकुम्वासीहरुले जग्गाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार धनुषाका भूमिहीन, दलित, सुकुम्बासीले जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् । सुकुम्वासीहरुको नाउँमा गैर सुकुम्वासीहरुको हालिमुहालि रहेको उनीहरुको आरोप छ । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशनमा बस्दै आएका छन् । करिव १ वर्ष अघि प्रदेश सरकारले आफूहरुसँग गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न कुनै चासो नदेखाएको भन्दै पुनः रिले अनसनमा बसेको उनीहरुको भनाइ छ । तत्कालीन समयमा अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे मागका सम्बन्धमा प्रदेश सरकारले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले ७ दिन भित्रमा प्रतिवेदन बुझाउने सहमतिमा भएको थियो । तर उक्त सहमतिको झण्डै एक वर्ष हुन लाग्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न मोनेका छैनन् ।

चुरे संरक्षणसहितको ५ बुँदे माग राख्दै जनकपुरधामको जनकचोकमा ९ दिनसम्म गरेको आमरण अनसन पश्चात प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले ७ बुँदे लिखित सहमति गरेपछि अनसन तोडिएको थियो । मधेशको लाइफलाइनको रुपमा रहेको चुरे तथा वनजंगलको अहिले केही निहित सोच भएका व्यक्ति तथा माफियाका कारण दिन–प्रतिदिन दोहन हुँदै गइरहेको अभियानको दावी छ । चुरे विनाशकै कारण मधेशमा पानीको जलस्तर समेत घट्दै गइरहेको अवस्थामा चुरे विनाश हुनबाट बचाउनु सबैको कर्तव्य रहेको अभियानीहरुको कथन छ । चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने माग उनीहरुको छ । त्यसैगरी, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x