१९ आश्विन २०८३, सोमबार

विदेशबाट सिकेको सिप नेपालमा सदुपयोग गर्नु पर्छ : मन्त्री अथक

एसीपी संवाददाता

२२ श्रावण २०७९, आईतवार १०:५९ मा प्रकाशित

काठमाडौं  – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तीलाई नेपाल मै रोक्नुपर्ने बताउनु भएको छ । पछिल्लो समय युवाहरु बिदेशिने क्रम बढीरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरीरहेको बताउनुभएको हो ।

राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाण्डौंमा आयोजना गरेको “बैदेशीक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाब्यता” सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्नुपर्ने बताउनुभयो । उहाँले स्वदेश मै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

विभिन्न कालखण्डमा परिस्थितीवश बिदेशीएका युवाहरुलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री अथकले बिदेशमा सिकेको सिपलाई नेपालमै सदुपयोग गर्न युवाहरुलाई आग्रह गर्नु भएको हो ।
प्राकृतीक तथा भौगोलिक रुपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपाल कै बिकासमा लगाउनुपर्नेमा मन्त्री अथकको जोड थियो । राष्ट्रिय युवा परिषद र युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत युवाहरुको समग्र विकासमा राज्यले ठुलो लगानी गर्दै आईरहेको उहाँले बताउनुभयो ।

अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरुलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनिहरुको अनुभव र सिपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी गरीरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारी लगाएत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरुको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x