६ आश्विन २०८३, मंगलवार

मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न माग, सभामुखलाई ज्ञापनपत्र

एसीपी संवाददाता

२३ श्रावण २०७९, सोमबार ०६:२७ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत संघले मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको हो ।

संघको मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव नेतृत्वको टोलीले आइतबार सभामुख यादवलाई ज्ञापन पत्र बुझाउँदै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको विषयमा राउतलाई पदमुक्त गर्न माग गरेको हो ।

मुख्यमन्त्रीको कार्यालयकै नाममा संचालित कार्यक्रम र सो कार्यान्वयन गर्ने जिम्मेवारी पनि मुख्यमन्त्रीकै भएकाले उनी दोषी हुने विद्यार्थी संघको जिकिर छ ।  यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मुख्यमन्त्रीविरुद्ध मुद्दा चलाएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x