६ कार्तिक २०८१, मंगलवार

समाज परिवर्तन गर्न निति निर्माण आवश्यक , महिला पत्रकार अव्व्ल हुनु पर्ने – उप सभामुख थारु

एसीपी संवाददाता

२२ पुष २०७६, मंगलवार १४:५१ मा प्रकाशित

पौष २२ गते । प्रदेश ५ का उपसभामुख कृष्णी थारुले महिला पत्रकार अब्बल र जागरुक हुन आवस्यक रहेको बताएकी छ्न । उनले पत्रकारीताको माध्यमबाट समाजमा महिलाको हक अधिकारको क्षेत्रमा र समाज सुधारमा अगाडि बढन आग्रह गरिन ।सन्चारिका समूह प्रदेश ५ ले आयोजना गरेको लैङ्िगक तथा लक्षित बर्गमैत्री पत्रकारिता क्षमता बिकास तालीमको उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख थारुले महिलाका जिम्मेवारी धेरै भएको भन्दै बिबाह ,भैसकेपछी आमा भइ सकेपछी पनि महिला पत्रकार बिस्थापित हुने बाताबरण सिर्जना हुन नहुने बताइन ।उनले नितिले मात्र नहुने भन्दै नागरिकको व्यबहार परिबर्तन गर्न सकिदै बिचारलाई परिबर्तन गर्न सकिँदैन तब सम्म परिबर्तन हुन नसकिने बताइन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले पत्रकारिता क्षेत्र सरल नहुदा नहुदै पनि महिला पत्रकारहरुको संख्या वृद्धि गर्नका लागि एक जुट भएकोमा खुशी ब्यक्त गरे ५१.५ प्रतिशत महिलाको सख्या हुदाहुदै पनि महिलाको बिकास नगन्य भएकोमा चिन्ता व्यक्त गरे । दिगो र समाबेसी बिकासका लागि महिलाको बिकास अपरिहार्य भएको बताए । प्रदेश सरकारले अगाडि सारेको समृद्ध प्रदेश र खुसी जनता हुन एक रथका २ पाङग्रा भनिने महिला र पुरुष संगसङै हुड्न पर्ने बताए । सुचनाको सत्यताका आधारमा पत्रकारिता गरेर पत्राचारले रास्ट्रको सेवा गरेको बताए । प्रदेश ५ का उपाध्यक्ष भरत के शि पत्रकारले परिणाममुखी हुन आग्रह गरे । लैङ्िगकताका विषयमा बृहत रुपमा विषय उठाउन पर्ने बताए । संघीयता र सम्सदिय रोपोटीङ मोफसलमा अभ्यासको रुपमा थियो तर सिक्दै गर्दै गर्दा अभ्यास भएको र गरे पछि सफल भइने भ्न्दै महिलाहरु पत्रकारीताबाट दिगो रुपमा रहिरहन टीकाउनका लागि सरकारी सम्यन्त्रले पनि सहयोग गर्नु पर्ने बताए ।सन्चारिका समुह प्रदेश ५ का अध्यक्ष पार्बती पाण्डे , महासचिव अमृता अनमोल , सचीव माया के शि , सल्लाहकार नारायणी रजौरे लगायतले बोल्दै पत्रकार महिलाको क्षमता बिकास गर्ने र दीर्घकालिन पत्रकारिताको अभ्यासका लागी तालिमको आयोजना गरिएको बताएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश ५ को सहयोगमा ५ दिन सम्म चल्ने तालिममा प्रदेश ५ का १२ जिल्लाका सक्रिय महिला पत्रकारको सहभागीता रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x