६ आश्विन २०८३, मंगलवार

सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति

एसीपी संवाददाता

२६ श्रावण २०७९, बिहीबार ०६:१५ मा प्रकाशित

बिराटनगर । सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधीहरुको रोकथाम तथा नियन्त्रणका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन गरेको छ ।

नेपाल भारत बीच रहेको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गरिएको प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरले जनाएको हो ।

उक्त कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा यही श्रावण २० गते देखी २५ गते सम्म छुट्टाछुट्टै टोली बनाई सिमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो । यस अघी सम्बन्धित प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा गस्ती गर्दे आएता पनी त्यसलाई थप ब्यबस्थित गर्दै सुरक्षाकर्मी बढाएर सिमावर्ती क्षेत्रमा गस्ति बढाईएको हो ।

यस किसिमको गस्तिले मातहत प्रहरी कार्यालयबाट सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौशला प्रदान हुने र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न थप टेवा पुग्ने लक्ष्य अनुसार प्रदेश प्रहरी कार्यालय बिराटनगरले गस्ति संचालन गरेको हो । गस्ति निरन्तर संचालन भईरहने छन् भने लामो दुरीको गस्तिबाट फिर्ता भएको प्रहरी टोलीको प्रतिबेदनको आधारमा अन्य थप कार्यहरु संचालन हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x