१४ मंसिर २०८३, आईतवार
नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न तर ढिला गर्नुभयो- प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणित गर्नका लागि राष्ट्रपतिले ढिलाइ गरिरहेको बताएका छन्।
यो विधेयक राष्ट्रिय र प्रतिनिधिसभा दुबैबाट पारित भइसकेको छ र राष्ट्रपतिले प्रमाणित गर्न बाँकी छ।
जापानबाट फर्किएर त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने ‘उहाँ (राष्ट्रपति)ले विधेयक रोक्नुहुन्छ जस्तो त लाग्दैन तर प्रमाणिकरण गर्न ढिलाइ नहुनुपर्नेथियो।’ संविधानको धारा ११३मा भएको व्यवस्थाअनुसार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना दुवै सदनलाई दिनुपर्ने हुन्छ। तर दुवै सदनले पास गरेर राष्ट्रपतिकहाँ पुगेको ११ दिन बितिसक्दा पनि उनले त्यसलाई प्रमाणिकरण गरेकी छैनन्।
Subscribe
Login
0 Comments


