१४ मंसिर २०८३, आईतवार
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने काङ्ग्रेसको चुनावी अभियान
नेपाली कांग्रेसको शीर्ष नेताहरूको आज बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।
महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेश गर्नेछन्।
कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।
पदाधिकारी, पूर्व पदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित आजको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो ।
नेताहरूले चुनावी तालमेल गरेपनि कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।
Subscribe
Login
0 Comments


