१४ मंसिर २०८३, आईतवार

०७४ साल र गत स्थानीय निर्वाचनको मतका आधारमा सिट बाँडफाँट गरिने

एसीपी संवाददाता

३० श्रावण २०७९, सोमबार २०:२१ मा प्रकाशित

काठमाडौँ – सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठकले मंसिर ४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा के कसरी गर्ने भन्ने खाका बनाउन थालनी गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ सालको निर्वाचनको समानुपातिक मत र वैशाखमा भएको स्थानीय तहको मतलाई आधार बनाउने तयारी गरेको छ।

‘आज कार्यदलको बैठक बस्यो। चाँडैभन्दा चाँदै गृहकार्य पुरा गर्न कामहरुलाई व्यवस्थित रुपले अघि बढाउँदै छौँ,’ कार्यदलका सदस्य तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ को समानुपातिक मत, २०७९ स्थानीय तहको मतको आधार बनाउने एक खालको सहमति भएको छ।’

कार्यदलले तालमेलको सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ । कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष तहमा प्रतिवेदन बुझाउने तयारी भएको उहाँले बताउनुभयो ।

यसअघिको संघीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी सहभागी नभएकाले विशिष्ट रुपमा मापदण्ड बनाएर तालमेलको खाका तयार गरिने उहाँले जानकारी दिनुभयो ।

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x