१४ मंसिर २०८३, आईतवार

कालिबाबाले किन भेटे ज्ञानेन्द्रदेखि सुजातासम्मलाई ?

एसीपी संवाददाता

३० श्रावण २०७९, सोमबार २०:२९ मा प्रकाशित

काठमाडौं । सन्त श्री १००८ कालिदास बाबाले राजनीतिक भेटघाट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र कालिदास बाबाबीच विहिबार भेटवार्ता भएको हो । श्री १००८ कालिदास बाबा बुधबार दिउँसो काठमाडौं आएका हुन् ।

उनी नयाँ दिल्लीबाट भिस्तारा एअरलाइन्सको उडानमा यता आएका थिए । हिन्दु धर्मगुरु १००८ कालिबाबाको ३ दिने धार्मिक भ्रमणमा नेपाल आएपछि पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका थिए । शुक्रबार भारतको दिल्ली फर्केका छन् ।

कालिबाबासँग भारतिय चर्चित सांसद बलराज कुण्डु,धार्मिक अभियन्ता कालीबाबाका सहयोगी बाबूराम शर्मा सहित भाजपाका नेताहरुसँगको ३ दिने धार्मिक भ्रमण निकै फलदायी बनेको बताइएको छ ।

पशुपतीनाथको बिशेष पुजा सहित गुहेश्वोरी , तलेजू, दक्षिणकाली, कुमारी देवी, बुढानिल्कंठ लगायतका मठ मन्दिर सहित पूर्वराजा ज्ञानेंद्र शाह, पूर्वउपप्रधान मन्त्री सुजाता कोईराला, राप्रपा नेता प्रकाश चन्द्र लोहोनी लगायत बिभिन्न राजनीतिज्ञ दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

पछिल्लो समय राजधानी काठमाडौंमा विभिन्न नाम र आवरणमा पुकारिने बाबा र सन्यासीहरुको बाक्लो उपस्थिति र भेटघाट देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x