६ आश्विन २०८३, मंगलवार

महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउत सहभागी

एसीपी संवाददाता

३१ श्रावण २०७९, मंगलवार ०९:२८ मा प्रकाशित

छिमेकी मुलुक भारतको ७५आँै स्वतन्त्रता दिवसका अवसरमा वीरगञ्जस्थित महावाणिज्य दूतावासमा सोमबार आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मधेश प्रदेशका विभिन्न मन्त्रीहरु सहभागी भएका थिए ।

कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साह, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायत विभिन्न सरोकारवालाहरु सहभागी भएका थिए । सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले भारत सरकारले पछिल्लो समयमा कोरोनाको समयमा नेपाललाई उपलब्ध गराएको खोपलगायतका अन्य सहयोगी कामबारे चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई मुख्यमन्त्री राउतले प्रमाणपत्र वितरण गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x