४ असार २०८३, बिहीबार

प्रचण्डको भारीबोकेर पुडको वनेका देउवा

ओम आचार्य

१ भाद्र २०७९, बुधबार १४:१६ मा प्रकाशित<

ओम आचार्य 

नेपाली काग्रेस १४ औं महाअधिवेशन पछी खतरनाक मोड़मा पुगेको छ । पाटी सभापतीमा शेर बहादुर देउवा निर्वाचित भएपछी आफुलाइ शेर कै रुपमा स्थापित गर्न देउवा क्रियाशील देखिएका छन । उन्को मनोवल यती वडेको छ की संस्थापन इतर लाइ पेलेर नै अगाडी वडने मनस्थिती देखिनु मात्रै हैन की भातृ संगठन र हालसालै नियुक्त गरिएका केन्द्रीय सदस्यहरुको मनोनयनबाट देखिन्छ । मनोनीत भएका केन्द्रीय सदस्यमा प्रकाशमान हुन या सिटौला हुन या रामचन्द्र हुन या शशांक आखिर हुन त ती देउवा समुहका नै हुन अहिले सिटौला प्रकाशमान रामचन्द्र शशांक यिनिहरुको आफ्नो स्वतन्त्र अस्तित्व छैन भने पनि हुन्छ ।शेर बहादुर देउवा गिरिजा प्रसाद कोइरालासंग राजनीतिक मतभेद राख्दै पाटी नै फुटाएर अलग पाटी वनाएका देउवा पुन मातृ पाटी नेपाली काग्रेसमै फर्केका देउवा अहिले त्यही पाटीको दुइकाल सभापती वनिसकेका छन ।

नेपाली काग्रेसमा रामचन्द्र पौडेल , शसांक कोइराला , सुजाता कोइराला को १४ औं महाअधिवेसन को दोश्रो चरणको निर्वाचनमा साथ पाएका देउवा नेपाली काग्रेस मा निक्कै हौसिएका छन र पाटीमा आफुलाइ सक्तीशाली रुपमा प्रस्तुत हुन सस्थापन इतरलाइ पेलेर लाने मुड़मा पुगेका छन।

सस्थापन इतर समुहका नेताका रुपमा देखिएका डा. शेखर कोइराला समुहको अहिले तिव्र विरोध र असन्तुष्टी देखिएको छ । यो समुहले मंसिर ४ मा हुने निर्वाचनमा ४० प्रतिशत भागवन्डा कुरा राख्नु देउवाको सस्थापन इतरलाइ पेलेर नै लाने रणनीति कै कारण आएको हुन सक्छ ।

अहिले देउवा र डा . शेखर कोइरालाको वार्तामा अब अहिले सम्म जे भयो अव उप्रान्त सल्लाहा गरेर नै अगाडी वड्ने देउवाको विचारले सस्थापन इतर आस्वस्त हुन नसकेको किन पाइन्छ भने त्यसपछी पनि यि दुइ समुहमा द्न्द वडिरहेको छ ।

अहिले सामाजिक सन्जालमा डा. शेखर कोइराला समुह ले पाटी नै फुटाएर भएपनि आफ्नो र आफ्नो समुहको रक्षामा जाने सम्मका समचार आएका छन यो समचार आउनुमा नेपाली काग्रेस देउवा पक्षको क़ब्ज़ामा जादै गरेको ले पनि हो जस्तो की अव शेर बाहादुर देउवा पत्नी आरजु राणा लाइ प्रधानमन्त्रि सम्म वनाउने रणनीति संस्थापनको देखिन्छ । पाँ च दलिय गठवन्धन को अर्को भित्री रहस्य यो पनि हो र यसैलाइ नतिजा मुलक वनाउन गठवन्धनको नाममा सकेसम्म आफ्ना समुहलाइ स्थापित गर्दै शेखर समुहलाइ सिटबाँडफाँडमा निराशाजनक अवस्थामा पुर्याउन पनि हो ।

पाँच दलिय गठवन्धनको सरकार छ र त्यो सरकारको नेतृत्व काग्रेस सभापति रहेका देउवा प्रधानमन्त्री त छन तर सरकारमा एक्टिफ रोल भने प्रचण्डको छ । सरकारमा प्रचण्ड भारी देखिएका छन र उन्को त्यो भार देउवाले वोकिरहेका छन र त्यो भार ले देउवा पुडको हुदै गइरहेका भएपनि आरजु लाइ प्रधानमंत्री वनाउने सवालमा प्रचण्डको भार खपेका छन ।

अहिले काग्रेस फुट्न सक्ने आंकलन भइरहेतापनि त्यो सायद हुदैन । कोइराला परिवारको उर्जावाट जन्मेको काग्रेस , कोइराला विरासतबाट उर्वर वनेको काग्रेस , वि पी को नाम संग जोडिएको काग्रेस डा. शेखर कोइरालाले पाटी फुटाएर अलग पाटी वनाउछन त्यो सायद हुदैन त्यो सायद नगर्लान किन भने त्यो त शेर बाहादुर देउवालाइ त अझ सहज हुनेछ रुख र चारतारा कोइराला परिवारवाट देउवा परिवारमा हस्तान्तरित हुनेछ देउवा ले पाटी फुटाउनु नेपाली काग्रेसबाट अलग हुनु नेपाली काग्रेसको ँइतिहासमा केही फरक परेको थिएन तर डा. शेखर कोइरालाले पाटी फुटाउनु भनेको नेपाली काग्रेस देउवालाइ ज़िम्मा लगाउनु हो त्यो भुल नगर्लान बरु पाटी भित्रै संघर्ष गर्ने र त्यही आफ्नो जनमत बडाउने र बिचार , सिध्दान्त र निष्ठाले देउवालाइ कमजोर वनाउदै लैजाने रणनीति नै डा. शेखरले अख़्तियार गर्ने सोच वनाउनु पर्छ या वनाएको हुन सक्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x