३ असार २०८३, बुधबार
मधेसमाथि उपेन्द्र यादवको अर्को धोका, पार्टीमा विद्रोहको तयारी
काठमाडौं । आफूलाई मधेसको मसिहा ठान्ने उपेन्द्र यादवले मधेसमाथि अर्को धोका गरेका छन् ।
मधेसको हक हितका लागि भनेर आएका उपेन्द्रले आफ्नो हक पार्टी जोगाउन मधेसलाई उपेक्षा गरेका हुन् । बिहीबार जसपाको राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सातजना विभागीय प्रमुखको प्रस्ताव गरेका थिए ।
त्यसमध्ये रामसहाय यादव र विजय यादवले मात्र दुईटा विभागको जिम्मेवारी पाएका छन् । अरु बाँकी सबै पहाडी समुदायबाट नै छन् । अर्थात सातजनामा दुईजना मात्र मधेसीले स्थान पाएका छन् ।
मधेसको हकहितका लागि मधेस केन्द्रित दल चलाउने तर अवसर भने अन्य समुदायकालाई दिने र मधेसलाई उपेक्षा गरेर उपेन्द्रले मधेसका जनतालाई धोकाधडी गरिरहेका छन् । यससँगै पार्टीका केही शीर्ष नेताहरुले विद्रोहको तयारी थालेका छन् ।
Subscribe
Login
0 Comments



