२० कार्तिक २०८३, बिहीबार

दशैंकाे मुखमै चिनियाँ नाकामा रोकियाे सामान, समस्या समाधान गर्न सरकारसँग व्यवसायीको आग्रह

एसीपी संवाददाता

६ भाद्र २०७९, सोमबार ०७:५९ मा प्रकाशित

दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x