७ आश्विन २०८३, बुधबार
सिरहा क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने सरिता गिरीको घोषणा
काठमाडौँ, । नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी सरिता गिरीले सिरहा क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् ।
सरिता गिरी नेपाली काँग्रेसका नेता प्रदीप गिरिको भाइ बुहारी हुन् । प्रदीप गिरिको निधन भए लगत्तै उनीले नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी एक महिनाअघि नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् ।
उनले आज सिरहाको क्षेत्र नम्बर १ बाट सांसद पदका लागि निर्वाचन लड्ने घोषणा गरेकी हुन् । उनी आफू स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेकी बताइन् । उनले भनिन्, म स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेको छु, भोलि के हुन्छ त्यो भोलिको कुरा हो ।’ काँग्रेसबाट चुनाव लड्ने हो कि भन्ने जिज्ञासामा उनले आफू अहिले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताइन् ।
Subscribe
Login
0 Comments


