७ आश्विन २०८३, बुधबार

संघीयतालाई असफल बनाउने जालझेल सफल हुन नदिने

एसीपी संवाददाता

११ भाद्र २०७९, शनिबार ०८:४५ मा प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल बनाउन विभिन्न शक्तिकेन्द्रहरुद्वारा भइरहेको जालझेललाई मधेशी जनता सफल हुन नदिने बताएका छन् ।

संघीय संसद,राष्ट्रिय सभाद्वारा आयोजित संघीय शासन प्रणाली सबलीकरण बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशी जनताको ठूलो बलिदानी बाट आएको संघीयतालाई असफल तुल्याउन विभिन्न षडयन्त्रहरु भइ रहे पनि त्यो असफल हुने दाबी गरे । ् संघीयताको असफल बनाउनकै लागि संविधानले स्पष्ट गरेको अधिकारहरुमा पनि कटौती गर्ने, साढे दुई वर्ष अघि नै पास भइसकेको प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गर्नु जस्ता प्रपंचहरु भइरहेपनि आफूहरु त्यो सफल हुन नदिने बताए । देशमा संबैधानिक संघीयता आएपनि व्यवहारमा अझै पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुन कठिनाई भइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफै परास्त हुने दाबी समेत गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x